सानिमामाई हाइड्रोको प्रतिसेयर आम्दानी २६ रुपैयाँबाट १४ मा झर्यो

Aug 15, 2018 Merolagani

सानिमा माई हाईड्राे (SHPC) ले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा सामान्य बढोत्तरी गरेको वित्तीय विवरण पस्किएको छ । अघिल्लो आर्थिक वर्षमा २८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको हाइड्रोले गत आर्थिक वर्षमा ३० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

समीक्षा अवधिमा हाइड्रोको खुद नाफा ८.३८ प्रतिशतले बढेको हो । ८७ करोड ३४ लाख रुपैयाँ कुल आम्दानी गरेको हाइडोपावरले विद्युत बिक्री बापत ७८ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा हाइड्रोको विद्युत बिक्रीबाट हुने आम्दानीमा झण्डै १ करोड रुपैयाँको गिरावट आएको हो ।

हाइड्रोको व्याज आम्दानीमा आएको तिब्र सुधारका कारण कमाई बढेको हो । अघिल्लो आर्थिक वर्षमा जम्मा ९६ लाख रुपैयाँ व्याज आम्दानी गरेको हाइड्रोले गत आर्थिक वर्षमा ६ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

त्यसै गरी हाइड्रोले गत आर्थिक वर्षमा बीमा दाबी भुक्तानी वापत १ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा हाइड्रोले यस्तो आम्दानी गरेको थिएन । प्रशाशनिक तथा प्लाण्ट सञ्चालन खर्च कटौती गरेको हाइड्रोको वित्तीय शुल्कमा लाग्ने खर्च बढेको छ ।

शतप्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पूँजी २ अर्ब ११ करोड रुपैयाँ पुर्याएको हाइड्रोको जगेडा कोषको आकार समीक्षा अवधिमा २९ करोड २६ लाख रुपैयाँबाट बढेर ५९ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

पूँजीको अनुपातमा कमाई नबढ्दा हाइड्रोको प्रतिसेयर आम्दानीमा भारी गिरवट आएको छ ।

खुद नाफा सामान्य मात्र बढेको हाइड्रोले गत आर्थिक वर्षमा शतप्रतिशत हकप्रद बेचेर पूँजी बढाएको थियो । जसका कारण समीक्षा अवधिमा हाइड्रोको प्रतिसेयर आम्दानी २६ रुपैयाँ २९ पैसाबाट १४ रुपैयाँ ५७ पैसामा झरेको छ ।

हाइड्रोको प्रतिसेयर नेटवर्थ १ सय ३१ रुपैयाँ २१ पैसा छ भने बुधबारको सेयर मूल्य ३१२ रुपैयाँका आधारमा मूल्य आम्दानी अनुपात २१.४१ गुणाले बढी छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।