अघिल्लो बर्ष बैंकहरुले ४२ अर्ब १८ करोड नाफा कमाएका थिए ।
कर्जामा लिने र निक्षेपमा दिने ब्याज अन्तर (स्प्रेड) दर बढाएका कारण अधिकांश बैंकहरु नाफा बढाउन सफल भएका छन् ।
बैंकहरुले एनएफआरएस प्रणाली अनुसार प्रकाशित गरेको वित्तीय विवरणको आधारमा बैंकहरुको नाफा अघिल्लो बर्षको तुलनामा ६ अर्ब ५६ करोड बढी हो । बैंकहरुले उक्त परीमाणको नाफा बढाउन झण्डै २५ प्रतिशतले ब्याज आम्दानी बढाएका छन् ।
यस्तो छ २७ वाणिज्य बैंकको गतबर्षको नाफा, चार बैंकको बाहेक सबैको बढ्यो
यसअवधिमा बैंकहरुले २३ खर्ब २ अर्ब निक्षेप संकलन गरेर १९ खर्ब ९२ अर्ब कर्जा परिचालन गरेका छन् । अघिल्लो बर्षको तुलनामा बैंकहरुको निक्षेप १८.७५ प्रतिशतले बढेको छ भने कर्जा २३.५५ प्रतिशतले बढेको छ ।
बैंकहरुले यस अवधिमा खुद ब्याज आम्दानीबाट मात्रै ९२ अर्ब ३२ करोड कमाई गरेका छन् । यो अघिल्लो बर्षको भन्दा २४.८२ प्रतिशत बढी हो । अघिल्लो बर्ष बैंकहरुले खुद ब्याज आम्दानीबाट ७३ अर्ब ९६ करोड कमाएका थिए । बैंकले कर्जामा लिने ब्याजदरका साथै कर्जा परिचालनको रकम समेत बढेपछि बैंकहरुको खुद ब्याज बढेको हो ।
२७ वाणिज्य बैंकहरुको चुक्ता पूँजी २ खर्ब २० अर्ब नाघेको छ । चौथो त्रैमासको वित्तीय विवरण अनुसार अझै एनएमबी बैंक एनसीसी, बिओकेएल, कुमारी बैंकले तोकिएको चुक्ता पूँजी बढाउन सकेका छैनन् ।
यसअवधिमा बैंकहरुको चुक्ता पूँजी २०.१२ प्रतिशतले बढेको छ । अघिल्लो बर्षको यसै अवधिमा बैंकहरुको चुक्ता पूँजी एक खर्ब ८३ अर्ब थियो ।
२७ बैंकहरुले अघिल्लो बर्षको तुलनामा जगेडा कोष ६६.८८ प्रतिशतले बढाएका छन् । अघिल्लो बर्ष एक खर्ब ६ अर्ब रहेको जगेडा कोष एक खर्ब ७७ अर्ब पुगेको छ ।