सिटिजन लाइफको आठ महिनामा कमायो १० करोड ८६ लाख खुद नाफा

Aug 15, 2018 Merolagani

२०७४ साल कार्तिक २ गते देखि व्यवसायिक कारोबार सुुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्सले गत असार मसान्तसम्ममा १० करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा लगानी कर्जा तथा अन्य स्रोतवाट आम्दानी गरेर इन्स्योरेन्सले २२ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा ३६ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट २ लाख २० हजार रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कुल ५५ हजार ५४० जारी बीमा लेखवाट ४० करोड २० लाख ५० हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सले कुल ५५ हजार ५३६ बीमा लेख जारी गरेको छ ।

कम्पनीले ७ वटा दाबी वापत ६१ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस्तै एउटा बीमा दाबीका लागि ३१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकि रहेको त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ ।

हाल एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले निकट भविष्यमा ७५ करोड रुपैयाँको साधारण सेयर निष्काशन गरी चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ बनाउँदैछ । अहिले इन्स्योरेन्सको जगेडा कोषमा ११ करोड ४२ लाख रुपैयाँ तथा जीवन बीमा कोषमा १० करोड ९३ लाख रुपैयाँ सञ्चित छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।