सिभिल क्यापिटलमा खाता हुनेले बार्षिक खाता सञ्चालन शुल्क इ सेवाबाट भुक्तानी गर्न सक्ने

Aug 15, 2018 Merolagani

सिभिल क्यापिटल मार्केटमा हितग्राही (डिम्याट) खाता हुने लगानीकर्ताले अब इ सेवा मार्फत बार्षिक खाता सञ्चालन शुल्क र मेरो सेयर प्रयोगको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।

सो सेवा प्रदान गर्ने सम्बन्धि सम्झौतामा क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुमन अाचार्य र इ सेवाको तर्फबाट मार्केटिङ्ग अफिसर भिष्म आचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै सिभिल क्यापिटलमा डिम्याट खाता रहेका खातावालाले घरमै बसेर इ सेवा मार्फत बार्षिक सञ्चालन शुल्क बुझाउन सक्नेछन् ।

सिभिल क्यापिटलमा डिम्याट रहेका खातावालाले बार्षिक शुल्क वापतको सानो रकमको भुक्तानीका लागि क्यापिटलमा धाउनुपर्ने अवस्थाको अन्त्य हुने क्यापिटलले जनाएको छ ।  हालसम्म यस्तो शुल्क सिभिल बैंक वा क्यापिटलको कार्यालयमा गएर बुझाउनुपर्ने अवस्था रहेको थियो ।

निक्षेप सदस्यमा हितग्राही खाता खाेलेका प्रत्येक खाताधारकले बार्षिक खाता सञ्चालन शुल्क वापत बार्षिक एक सय रुपैयाँ र मेरो सेयर प्रयोग वापत बार्षिक ५० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।