गत आर्थिक वर्षको चौंथाे त्रैमास सम्ममा इन्स्योरेन्सले १४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी उसले पूँजी बढाउनु पहिलेको अवस्थामा अघिल्लो आर्थिक वर्षमा १२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
अघिल्लो आर्थिक वर्षमा ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी हुँदा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २७ पैसा थियो ।
गत आर्थिक वर्षमा १ अर्ब २ करोड २७ लाख रुपैयाँ चुक्ता पूँजी बनाउँदा कमाई नबढेपछि इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७० पैसामा झरेको हो । इन्स्योरेन्सको प्रतिसेयर आम्दानीमा आएको यो गिरावट ६० प्रतिशत हो ।
यस अवधिमा कम्पनीको खुद बीमा शुल्क पाँच करोड चार लाख रुपैयाँले बढेर ३२ करोड ९२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २७ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
४१ हजार ४०६ वटा बीमालेख जारी गरेको कम्पनीको कुल बीमा शुल्क आर्जन १२ करोडले घटेको छ । एक अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको कम्पनीले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले पुर्नबीमा कमिशनवाट १० करोड ३ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयवाट १० करोड ३४ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।
कम्पनीले चार हजार ७६० वटा बीमा दाबी वापत ३ अर्ब ४९ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीले पाँच हजार १०३ वटा बीमा दाबी वापत १ अर्ब ७० करोड ६९ लाख रुपैयाँ खर्च गरेको थियो ।
कम्पनीले एक हजार २७१ दाबीको एक अर्ब ५३ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यस अवधिमा १६ हजार ९७९ बीमालेखहरु नवीकरण गरिएका छन् ।
प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ९७ पैसा, र मुल्य आम्दानी अनुपात ३२.८६ गुणा बढी रहेको इन्स्योरेन्सको जगेडा कोषको आकार समीक्षा अवधिमा ७ करोड ७२ लाखबाट बढेर १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ । बीमा कोषमा ४० करोड रुपैयाँ सञ्चित छ ।