प्रतिसेयर आम्दानी ३ रुपैयाँ भएको बीमा कम्पनी चिन्नुहोस्

Aug 15, 2018 Merolagani

पूँजी बढाउने चटारोमा हकप्रदलाई प्राथमिकतामा राख्दा त्यसको नतिजा के हुन्छ भन्ने विषयलाई एउटा बीमा कम्पनीले उजागर गरेको छ । हकप्रद बेचेर पूँजी बढाए पनि कम्पनीले कमाई त्यसै अनुरुप बढाउने अपेक्षा लगानीकर्ताले गरे पनि त्यस्तो नहुँदा लगानीकर्ता निराश बन्नु स्वभाविक हो ।

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले गत आर्थिक वर्षमा जम्मा ३ रुपैयाँ ६६ पैसा प्रतिसेयर आम्दानी कायम गरेको देखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा पनि उसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसा मात्र थियो । गत आर्थिक वर्षमा इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद बेचेर ८० करोड ५५ लाख रुपैयाँको चुक्ता पूँजीलाई १ अर्ब २५ करोड रुपैयाँ पुर्याएका कारण इन्स्योरेन्सको प्रतिसेयर आम्दानीमा संकुचन आएको हो ।

खुद बीमा शुल्क ८० करोड रुपैयाँले बढाएको इन्स्योरेन्सले समीक्षा अवधिमा ४६ करोड ५ लाख रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले ४२ करोड ११ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथाे त्रैमासमा दुई अर्ब २९ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको एशियन लाइफले गत आर्थिक वर्षको यसै अवधिमा दुई अर्ब ९९ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले तीन हजार १९७ वटा दाबी भुक्तानीका लागि ९३ करोड ३१ लाख रुपैयाँ खर्च गरेको छ । ७६ दाबी संख्याको लागि एक करोड ६३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी हुन बाकी छ । हाल सम्म कम्पनीले दुई लाख १२ हजार ५४७ बीमालेखहरु जरी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी बार्षिक ३ रुपैयाँ ६६ पैसा, प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ८९ पैसा र मुल्य आम्दानी अनुपात १८६.३८ गुणा बढी छ । कम्पनीको जगेडा कोषमा २४ करोड ९९ लाख रुपैयाँ, जीबन बीमा कोषमा १३ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।