शुक्रबार बाट सुरु भएको मेला एक महिना सम्म चल्नेछ । मेला अवधिभर एक हजार वा सो भन्दा माथिको सामान खरिदमा लक्की ड्र कुपन मार्फत ग्राहकले हरेक दिन एक हजार रुपैंया बराबरको सपिंग भौचर जित्न सक्ने छन् ।
मुभि टिकट लगायत आकर्षक उपहारका साथै हरेक साता अमेरिकन टुरिस्टर् को लगेज ब्याग, फ्रि लञ्च कुपन र बम्पर उपहारमा लक्की ड्र मार्फत एक जनालाई टिभिएसको जुपिटर क्लासिक स्कुटर प्रधान गरिने मेलाका संयोजक हिरामणी तिम्सिनाले बताए । उनका अनुसार पाँच हजार भन्दा माथिको सामान खरिद गर्दा हात खाली नजाने उपहारका साथै एफ क्यूब सिनेमाको दुईवटा टिकट उपलब्ध हुनेछ ।