ग्रामीण विकास लघुवित्तकाे खुद नाफा ३१ प्रतिशतले सुधारियो

Aug 16, 2018 Merolagani

ग्रामीण विकास लघुवित्त (GBLBS) को खुद नाफा आर्थिक बर्ष २०७४/७५ मा १६ करोड ८४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष यसै अवधिमा लघुवित्तको खुद नाफा १२ करोड ८३ लाख रुपैयाँ रहेकोमा ३१.३० प्रतिशतले सुधार आएको हाे ।

६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७१ पैसा कायम भएको छ । कम्पनीले १४ करोड दुई लाखको जगेडा कोष बढाएर ३० करोड ८७ लाख रुपैयाँ सञ्चित गरेको छ ।

समिक्षा अवधिमा लघुवित्तले दुई अर्ब ७४ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन र चार अर्ब ७८ करोड सापटी लिएर आठ अर्ब ६६ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

लघुवित्तको कोषको लागत ६.४४ प्रतिशतबाट ९.१७ प्रतिशतमा बढेपछि ब्याज खर्च बढ्दा खुद ब्याज आम्दानी १२ करोड ७७ लाखले घटेको छ । कम्पनीले अघिल्लो बर्ष एक अर्ब ३६ लाख आर्जन गरेकोमा ८७ करोड ५९ लाखमा झरेको हो ।

खुद ब्याज आम्दानी घटेपनि कर्मचारी खर्च नियन्त्रण गर्दे खराब कर्जा असुलीबाट पाँच करोड ५० लाख असुली गर्दा लघुवित्तको खुद नाफा भने बढेको हो । यद्यपी ४.२० प्रतिशत खराब कर्जा अनुपात कम्पनीमा रहेकाले यसको नियन्त्रण आवश्यक देखिन्छ ।

लघुवित्तको मूल्य आम्दानी अनुपात २३.८४ गुणा र प्रति सेयर नेटवर्थ १४७ रुपैयाँ १४ पैसा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।