त्यसैगरी बैंकको रिएल स्टेट कर्जा गत आ.व.को तुलनामा ३.३९ प्रतिशतले घटेर १ अर्ब ४३ करोड भएको छ भने आवास कर्जा ३१.७८ प्रतिशतले वृद्धि भएको छ । बैैंकले विदेशी विनिमय कारोबारबाट मात्रै १६.९१ करोड रुपैयाँ आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा ७०.६७ प्रतिशत बढी हो ।
बैंकले गत आ.व.को तुलनामा निक्षेपमा १६.८८ प्रतिशतले वृद्धि गरी ४० अर्ब १ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जा प्रवाह गत आ.व.को तुलनामा ३३.७१ प्रतिशतले वृद्धि गरी ३९ अर्ब ४६ करोड लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात पनि ३.९८ बाट घटेर २.६५ प्रतिशत कायम भएको छ ।
बैंकले गत आ.व.को तुलनामा कर्जा प्रवाहमा गरेको वृद्धि रकम ९ अर्ब ९४ करोड तथा खुद मुनाफामा गरेको वृद्धि रकम २९ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
आ.व. २०७४/ ७५को मसान्तसम्म २ लाख ५० हजारभन्दा बढी ग्राहकहरु रहेको सिभिल बैंकको कुल शाखा संख्या ६८ पुगेको छ ।