फरवार्ड कम्युनिटी माईक्रोफाइनान्सको खुद नाफामा झिनो सुधार

Aug 16, 2018 Merolagani

फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स (FOWAD) को आर्थिक बर्ष २०७४/७५ मा खुद नाफामा झिनो सुधार आएको छ । अघिल्लो आर्थिक बर्षमा २७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले २८ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा कम्पनीको नाफा ३.१४ प्रतिशतले मात्र बढेको छ।

तीस करोड एक लाख रुपैयाँ चुक्ता पूँजी भएको माईक्रोफाइनासको प्रतिसेयर आम्दानी ९३ रुपैयाँ ६३ पैसा कायम भएको छ । त्यस्तै ४९ करोड ६१ लाखको जगेडा कोषमा ७३ करोड ८५ लाखमा बढेको छ । यस अवधिमा प्रति सेयर नेटवर्थ ३४६ रुपैयाँ ३ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

समिक्षा अवधिमा माईक्रोफाइनान्सले तीन अर्ब २० करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन तथा तीन अर्ब ८० करोड सापटीबाट सात अर्ब ६७ करोड ९६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

माईक्रोफाइनान्सको निक्षेप लागत बढ्दा खुद ब्याज आम्दानी भने ६४ करोड चार लाखमा खुम्चिएको छ । अघिल्लो बर्षको यसै अवधिमा कम्पनीले ६९ करोड १६ लाख ब्याज आम्दानी गरेको थियो ।

माईक्रोफाईनान्समा निष्कृय कर्जा केही बढेर ०.३९ प्रतिशत पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।