रिलायन्स लाईफ इन्स्योरेन्सको खुद नाफा आठ करोड

Aug 16, 2018 Merolagani

रिलायन्स लाईफ इन्स्योरेन्सले गत असार मसान्तसम्ममा आठ करोड ४७ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ । गत चैतसम्म कम्पनीको यस्तो आर्जन दुई करोड दुई लाख रहेको थियो ।

यस अवधिमा कम्पनीले सात करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत चैतमा कम्पनीले सात करोड ९५ लाख खुद नाफा गरेको थियो । तीन महिनामा कम्पनीले ६ करोड ४४ लाख ७८ हजारले बढाएको छ ।

एक अर्ब ४७ करोड रुपैयाँ चुक्ता पूँजी भएको इन्स्योरेन्सको जगेडा कोषमा सात करोड ९९ लाख रुपैयाँ सञ्चित छ भने जीवन बीमा कोषमा चार करोड ७१ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सले दुई हजार ३३८ बीमा लेख संख्याबाट बीमा शूल्क आर्जन आठ करोड ५६ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले एउटा दाबी वापत परेको एक लाख कूल भुक्तानी गरेको छ ।

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी दुई अर्ब पुर्याउन कम्पनीले ६३ करोड रुपैयाँको एक सय रुपैयाँ अंकित मूल्यको दरमा ६३ लाख कित्ता आइपिओ जारी गर्ने  प्रस्ताव असार ३१ गते सम्पन्न साधारण सभाले पारित गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।