एनआईसी एशिया बैंकबाट रिलायन्स लाईफको पोलेसी खरिद गर्न सकिने

Aug 16, 2018 Merolagani

एनआईसी एशिया बैंक र रिलायन्स लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेसक्छन् ।

१२ लाख १९ हजार ग्राहकको संख्या रहेको बैंकले गत आवमा १५३ अर्ब निक्षेप संकलन गरेर १२४ अर्ब कर्जा लगानी गरेको छ । बैंकको वासलातको आकार १८१ अर्ब भन्दा बढि पुगेको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।