समीट माइक्रोफाइनान्सको खुद नाफामा २० प्रतिशत ह्रास

Aug 16, 2018 Merolagani

समीट माइक्रोफाइनान्स (SMFDB) को खुद नाफामा आर्थिक बर्ष २०७४/७५मा २० प्रतिशत अर्थात एक करोडले ह्रास आएको छ । गत बर्ष माइक्रोफाइनान्सको चार करोड मात्र खुद नाफा आर्जन गरेको छ । अघिल्लो बर्ष पाँच करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

 

 

 

चुक्ता पूँजी १७ करोड रुपैयाँ रहेको माइक्रोफाइनान्सले जगेडा कोषमा नौ करोड १३ लाख रुपैयाँ सञ्चित छ । समिक्षा अवधिसम्म माइक्रोफाइनान्सले ६१ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन र बैंकहरुबाट ७८ करोड ८६ लाख सापटी लिएर एक अर्ब ५४ करोड ८६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । 

अघिल्लो बर्ष भन्दा ३३.७२ प्रतिशतले ब्याज आम्दानी वृद्धि गरेको माइक्रोफाइनासको ब्याज खर्च १०३.१३ प्रतिशतले बढोत्तरी हुँदा खुद ब्याज आम्दानी अघिल्लो बर्षको तुलनामा घट्न पुगेको देखिन्छ । गत बर्ष लघुवित्तले ११ करोड ३५ लाख खुद ब्याज आम्दानी छ भने अघिल्लो बर्ष उसले ११ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

माइक्रोफाइनान्समा निष्कृय कर्जा ०.६८ प्रतिशत छ । त्यस्तै प्रति सेयर आम्दानी २३ रुपैयाँ ५५ पैसा छ । मूल्य आम्दानी अनुपात ५४.१५ गुणा रहेको माइक्रोफाईनान्सको प्रति सेयर नेटवर्थ १५३ रुपैयाँ ७५ पैसा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।