प्रभु लाईफ इन्स्योरेन्सद्धारा ११ करोड २३ लाख खुद बीमा शुल्क आर्जन

Aug 16, 2018 Merolagani

प्रभु लाईफ इन्स्योरेन्स (PLIL) ले आर्थिक बर्ष २०७४/५७ को चौथो त्रैमासमा ११ करोड २३ लाख ८३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । तैसौ त्रैमाससम्म कम्पनीले तीन करोड १४ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले पाँच करोड ३५ लाख खुद नाफा आर्जन गरेको छ । चैतसम्म कम्पनीको नाफा चार करोड ८७ लाख रुपैयाँ थियो ।

एक अर्ब ४० करोड चुक्ता पूँजी रहेको प्रभु लाईफको जगेडा कोषमा पाँच करोड ३८ लाख रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै कम्पनीले ७ करोड ३३ लाख जीवन बीमा कोषमा राखेको छ ।

हालसम्म कम्पनीले कुनै दाबी भुक्तानी गरेको छैन । बीमा समतिले तोकेको चुक्ता पूँजी कायम गर्न कम्पनीले ६० करोडको साधारण सेयर जारी गर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।