गरिमा रेमिटको सेवा अब कैलाश विकास बैंकमा पनि

Aug 17, 2018 Merolagani

कैलाश विकास बैंकले गरिमा ‘गरिमा रेमिट’ सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंकसँग सम्झौता गरेको छ । गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र कैलाश विकासका सहायक महाप्रबन्धक सुर्य प्रसाद तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौतापश्चात कैलाश विकास बैंकका देशभर सञ्चालनमा रहेका ६३ वटा शाखा कार्यालयबाटबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।