एलआईसी नेपालको कमाईमा देखियो यस्तो गिरावट

Aug 17, 2018 Merolagani

अघिल्लो आर्थिक वर्षको कमाईबाट ३६ प्रतिशत बोनस प्रस्ताव गरेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले कमाई घटेको वित्तीय विबरण निकालेको छ । बीमांकीय मूल्यांकन नगरेको वित्तीय विबरण अनुसार अघिल्लो आर्थिक वर्षमा ११ करोड ६७ लाख ४८ हजार रुपैंया खुद नाफा कमाएको इन्स्योरेन्सले गत आर्थिक वर्षमा ८ करोड ३५ लाख ४३ हजार रुपैंया खुद नाफा गरेको छ ।

इन्स्योरेन्सको कमाई ३ करोड बढीले घटेको हो ।

यस अवघिमा कम्पनीले १० अर्ब ४० करोड रुपैंयाको खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा यो करिव २ अर्बले बढि हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ८ अर्ब ५२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ६५ करोेड १२ लाख रुपैयाँ र जीवन बीमा कोषमा ४३ अर्ब २० करोड ८९ लाख रुपैयाँ सञ्चित गरेको छ । प्रस्तावित बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।

एलआईसीले ७ लाख ३४ हजार ६०८ बीमालेखबाट १० अर्ब ४५ करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कम्पनीले ९ हजार ७९२ दाबी संख्यावाट २ अर्ब ४२ करोड ४६ लाख रुपैयाँको कुल दाबी भुक्तानी गरेको छ भने २ करोड २५ लाख रुपैयाँको दाबी भुक्तानी हुन बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैंया १७ पैसा छ । अघिल्लो आर्थिक वर्षमो उसको प्रतिसेयर आम्दानी ८ रुपैंया ७५ पैसा थियो । अघिल्लो आर्थिक वर्षमा २४५.९१ गूणा बढी रहेको मूल्य आम्दानी अनुपात बजार ओरालो लागेका कारण १९८.४७ गुणामा झरेको छ । इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १५९ रुपैंया ३ पैसा छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।