फाइनान्सको साउन ३१ गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको आठ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार फाइनान्सले ७ करोड ५ लाख ७३ हजार ७९२ रुपैयाँ नगद वितरण गर्नेछ ।
अघिल्लो बर्षको मु्नाफाबाट फाइनान्सले दश प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
फाइनान्सले गत बर्ष ९ करोड ८४ लाख मात्रै खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११ रुपैयाँ कायम गरेको छ । फाइनान्सको चुक्ता पूँजी ८८ करोड २१ लाख ७२ हजार ४ सय रुपैयाँ छ ।