एभरेष्ट इन्स्योरेन्सले व्यवसाय बढाउँदा घट्यो खुद नाफा

Aug 17, 2018 Merolagani

गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा एभरेष्ट इन्स्योरेन्सको खुद नाफा ९८ लाख ६१ हजार रुपैयाँले घटेको छ । १३ करोड ३६ लाख रुपैयाँ मात्रै चुक्ता पूँजी रहेको कम्पनीले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा चार करोड ७१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको यसै अवघिमा कम्पनीले तीन करोड ७२ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको हो ।

कम्पनीको कुल बीमा शुल्क आर्जन ३३ करोड ८३ लाख रुपैयाँले बढाएको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा २६ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा ६० करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

कम्पनीले यस अवधिमा खुद बीमा शुल्क १० करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा चार करोड ३५ लाख रुपैयाँको मात्र खुद बीमा शुल्क आर्जन गरेको थियो । यस्तै पुर्नबीमा कमिशनवाट ११ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयवाट एक कारेड १४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

व्यवसाय बिस्तार भएसँगै इन्स्योरेन्सको व्यवस्थापन खर्च र अभिकर्ता कमिशनमा आएको बढोत्तरीले खुद नाफामा गिरावट आएको हो ।

यस अवधिमा कम्पनीले एक हजार ९०९ बीमा दाबी वापत ११ करोड ७० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै ४०९ दाबीका लागि ३४ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । ५५ हजार ९६२ बीमालेख जारी गरेको एभरेष्टले २८२ बीमालेख नविकरण भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ९० पैसा, प्रतिशेयर नेटवर्थ ३८२ रुपैयाँ ७२ पैसा र मुल्य आम्दानी अनुपात ८८.५२ गुणाले बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।