सिद्धार्थ इक्वीटी ओरियन्टड स्कीमको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम

Aug 19, 2018 Merolagani

सिद्धार्थ इक्वीटी ओरियन्टड स्कीम(SEOS) ले गत बर्षको कमाईबाट आफ्ना इकाईधनीलाई प्रस्तावल गरेको १२ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आईतबार अन्तिम दिन रहेको छ । फण्डले भदौ ४ गते सोमबारदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले आइतबारसम्म कायम इकाइधनीधनी मात्र लाभांश पाउन योग्य हुनेछन् ।

एक अर्बको सिद्धार्थ इक्वीटी ओरियन्टड स्कीमले कर सहित १२ करोड रुपैयाँ लाभांश वितरण गर्ने भएको हो । साथै उक्त प्रतिफल वितरण पश्चात योजनाको समायोजित प्रति इकाई खुद सम्पत्तिको मूल्य १०.१४ रुपैयाँ कायम रहने पनि क्यापिटलले जनाएको छ ।

बिहीबार नेप्सेमा ओरियन्टड स्कीमको प्रति इकाई मूल्य ११ रुपैयाँ ९० पैसा रहेको छ । फण्डको गत असार मसान्तसम्मममा खुद सम्पत्ति एक अर्ब १५ करोड ४० लाख ८३ हजार ७११ रुपैयाँ छ ।

ओरियन्टड स्कीमले ७४ सूचीकृत कम्पनीमा ५९ करोड २० हजार रुपैयाँ लगानी गरेको छ । सार्वजनिक निष्काशन, हकप्रद सेयर, बोनस सेयरमा ५ करोड ४३ लाख ३९ हजार रुपैयाँ तथा ऋणपत्र तथा बन्डमा तीन करोड २० लाख ४२ हजार रुपैयाँ लगानी गरेको छ ।

यस फण्डले मुद्धती निक्षेपमा दश करोड तथा ३६ करोड ७१ लाख ९३ हजार रुपैयाँ बैंक निक्षेप राखेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।