एशियन लाईफले ल्यायो “जीवन संजीवनी” जीवन बीमा योजना

Aug 19, 2018 Merolagani

एशियन लाईफ इन्स्योरेन्स कम्पनी (ALICL) ले नयाँ जीवन बीमा योजना “जीवन संजीवनी” सार्वजनिक गरेको छ । कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले नयाँ बीमा योजना सार्वजनिक गरे । “जीवन संजीवनी” योजना अग्रिम भुक्तानी, सावधिक र आजीवन गरी तीन प्रकारका रहेको कम्पनीले जनाएको छ ।

न्यूनत्तम रु. ५० हजारको बीमाङ्कमै शुरु गर्न सकिने उक्त योजनामा बीमितले बीमा अवधीभर पटक–पटक किस्तामा भुक्तानी पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै बीमित ९९ वर्ष पुरा हुन्जेल जीवितै रहेमा थप बीमाङ्क रकम भुक्तानी पाउने ,बीमितले बीमाको रकम भुक्तानी पाउन बीमा समाप्ती अवधीसम्म कुर्नु नपर्ने व्यवस्था गरिएको छ ।

बीमा अवधीका आधारमा बीमा शुरु भएको तीनबर्ष देखि नै किस्तामा बीमाङ्कको रकम शर्तसहित भुक्तानी पाउने कम्पनीको भनाई छ । बीमा अवधीभित्रै बीमितको मृत्यु भएमा परिवारजनले बाँकी बीमाशुल्क नतिरी नै बीमाङ्क रकम र आर्जित बोनश एकमुष्ठ भुक्तानी पाउने प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले जानकारी दिए ।

कम्पनीको अधिकृत पूँजी ५ अर्ब र चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख रहेको छ । यसअघि १८ वटा जीवन बिमा योजनाहरु प्रचलनमा ल्याएको यस कम्पनीले २८ वटा शाखा र ७१ वटा उपशाखामार्फत् देशैभर जीवन बीमा सेवा पु¥याइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।