प्राइम बैंकले ओमलाई किन्ने अन्तिम तयारी, आजै सम्झौता हुनसक्ने

Aug 19, 2018 Merolagani

प्राइम कमर्शियल बैंक (PCBL)  पोखराको ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने अन्तिम तयारीमा जुटेको छ । जसका लागि दुई बैंकका उच्च अधिकारीहरु अन्तिम छलफलमा छन् । स्वाप रेशियो लगायतका बिषय मिलेमा आजै सम्झौता हुने स्रोतले जानकारी दिएको छ ।

हाल प्राइमको चुक्ता पूँजी ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ छ । ओमको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ छ । यी दुई एक भएपछि बन्ने बैंकको चुक्ता पूँजी साढे नौ अर्ब रुपैयाँ नाघ्नेछ ।

यद्यपी शेयर स्वाप रेशियो भने टुगिंनसकेको बताइएको छ । ओमले ६० देखि ६५ प्रतिशत श्वाप खोजेको छ भने प्राइम बैंक घटाउने कोशिसमा रहेको बुझिएको छ ।

दोस्रो बजारमा आइतबार दुवै बैंकको शेयर मूल्य घटेको छ । प्राइमको प्रतिकित्ता २९९ रुपैयाँ तथा ओमको प्रतिकित्ता १९४ रुपैयाँ हाराहारीमा कारोबार भईरहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।