प्राधिकरण र अपी पावरबीच सौर्य विद्युत् खरिद सम्झौता

Aug 20, 2018 Merolagani

अपी पावर कम्पनी (API) ले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक अपी पावर कम्पनीबीच आइतबार विद्युत् खरिद सम्झौता भएको हो ।

कम्पनीले धनुषाको ढल्केरबरमा १ मेगावाट र बाराको सिमरामा १ मेगावाटको सोलार पाल्न निर्माण गर्न लागेको हो । ती आयोजनासँग प्रतियुनिट ७ दशमलव ३० रुपैयाँमा २५ वर्षका लागि पीपीए भएको हो ।

पीपीएमा प्राधिकरण योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उत्पादित विद्युत् परवानीपुरको ११ केभी परवानीपुर सबस्टेशनमा जोडिनेछ । “प्राधिकरणले कार्यवअधि १० महिना तोके पनि हामीले ७ महिनामै पूरा गर्ने लक्ष्य राखेका छौं,” कम्पनीका प्रबन्ध निर्देशक संजिव न्यौपानेले भने, “भदौ महिनाभित्र चिनियाँ कम्पनीले काम शुरु गर्नेछ ।”

कम्पनीले यसअघि साउन २७ गते पर्साको परवानीपुरमा ८ मेगावाट र रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाटको गरी १२ मेगावाट क्षमताको दुई सौर्य परियोजनाको विद्युत खरिद सम्झौता नेपाल विद्युत प्राधिकरणसँग गरिसकेको छ ।

अपिले रिडी पावर कम्पनीसहित प्राधिकरण सबस्टेशन नजिक सौर्य विद्युत् जडान गर्न खुल्ला प्रतिस्पर्धाबाट १० स्थानको अनुमति लिएको छ । सरकारले २०७२ फागुनमा घोषणा गरेको ९९ बुँदे ‘ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक’ सम्बन्धी कार्ययोजनामा प्रतियुनिट ९ दशमलव ६१ देखि ८ दशमलव ४५ रुपैयाँ ‘बेन्चमार्क’ तोकी पीपीए आह्वान गरेको थियो ।

तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ लागू भएपछि सोलार पीपीएको दर प्रतियुनिट ७ दशमलव ३० रुपैयाँ कायम गरियो ।

यसअघि अपि पावर कम्पनीले छोटो समयमा करीव १७ महिनाभित्र ८ दशमलव ५ मेगावट क्षमताको नौगड गाढ साना जलविद्युत् आयोजना सम्पन्न गरी २०७२ साल भदौै महिनादेखि विद्युत् प्रवाह गरिरहेको छ । त्यसैगरी कम्पनीले हाल निर्माण गरिरहेको सोही नदिमा ८ मेगावटको अपर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।

कम्पनीले भविश्यमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना बनाउने तयारी गरिरहेको छ । यसका लागि अपि पावर कम्पनी र नेपाल विद्युत् प्राधिकरणको ग्रिड सञ्चालन विभागबीच गएको साउन २५ गते ४० मेगावाट क्षमताको माथिल्लो चमेलियाको ग्रिड कनेकशनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।