एनसीसी बैंकको ५० प्रतिशत हकप्रदको बिक्री खुल्यो, आठ अर्ब पुर्याउन के गर्ला ?

Aug 20, 2018 Merolagani

राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा नेपाल क्रेडिट एन्ड कमर्श (NCCB)  बैंकले भदौ ४ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँका दरले २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

बैंकले हकप्रद प्रयोजनका लागि गत साउन १५ गते मंगलबार शेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार साउन १४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ।

हकप्रदमा भदौ ४ देखि असोज ७ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी तथा एनसीसी बैंकको प्रधान कार्यालयका साथै यसका सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ ।

बैंकले हकप्रद शेयरको बिक्रीबाट २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ चुक्ता पुँजी जुटाउनेछ । चार अर्ब अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रदपछि ७ अर्ब एक करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।

हकप्रदपछि ९९ करोड रुपैयाँ बराबरको सञ्चित नाफाबाट बोनस वितरण गरेर वा अन्य विकल्पबाट बैंकले आठ अर्ब रुपैयाँ चुक्ता पुर्याउन पर्नेछ ।

गत आर्थिक वर्षमा यस बैंकले १ अर्ब ७ करोड वितरणयोग्य नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।