नेपाल सेवा लघुवित्त सञ्चालन नोक्सानीमा,खराब कर्जा असुलीले जोगियो साख

Aug 20, 2018 Merolagani

बैशाखमा आईपिओ जारी गरेको नेपाल सेवा लघुवित्त वित्तीय संस्था (nsewa) गत अार्थिक बर्षमा एक करोड चार लाख सञ्चालन नोक्सानीमा पुगेकाे छ । संस्थाको ब्याज आम्दानीले कर्मचारी खर्च र अन्य सञ्चालन खर्च धान्न नसक्दा नोक्सानीमा पुगेपनि एक करोड ६८ लाख खराब कर्जा असुलीले लघुवित्तको साख जोगिएको छ ।

लघुवित्तकाे खुद नाफा समेत गत बर्षमा पाँच लाख ८१ हजार रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ४६ लाख ४८ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले आर्थिक बर्ष २०७४/७५ मा ४० लाख ६७ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको हो ।

यस अवधिमा दुई करोड १० लाख रुपैयाँ चुक्ता पूँजीबाट नेपाल सेवाले शतप्रतिशत संस्थापक हकप्रद र एक लाख ८० हजार कित्ता साधारण सेयर जारी गरेर ६ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीको जगेडा कोष १५ लाखबाट ५२ लाख रुपैयाँ पुगेको छ ।

११ करोड चार लाख रुपैयाँ सापटी लिएको नेपाल सेवाले यस अवधिमा चार करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरि ३० करोड ७४ लाख रुपैयाँ ऋण लगानी गरेको छ । यसबाट लघुवित्तले नेपाल सेवाले चार करोड ५७ लाख रुपैयाँको व्याज आम्दानी गरेर दुई करोड ५२ लाख रुपैयाँ व्याजका लागि भुक्तानी गरि दुई करोड पाँच लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे छ ।

प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७८ पैसा रहेको लघुवित्तको यस अवधिमा कम्पनीको खराब कर्जा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष १ प्रतिशत रहेको खराव कर्जा यस अवधिमा बढेर २.७२ प्रतिशत पुगेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।