ङादी ग्रुप पावर कम्पनीको नाफा पाँच करोड ८६ लाख रुपैयाँ

Aug 20, 2018 Merolagani

ङादी ग्रुप पावर कम्पनी (NGPL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अघिल्लो बर्षको तुलनामा ७२ लाख ७९ हजार रुपैयाँले नाफा बढाएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको परिष्कृत वित्तीय विवरण अनुसार कर पश्चात पाँच करोड ८६ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले पाँच करोड १३ लाख रुपैयाँ ८९ हजार रुपैयाँ नाफा कमाएको थियो । 

समीक्षा अवधिमा ङादीको बिजुली बिक्रीबाट हुने आम्दानी १४.१६ प्रतिशत अर्थात ६ लाख ७ हजार मात्र बढेको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा १३ करोड ९८ लाख ३२ हजार आम्दानी रहेकोमा १४ करोड चार लाख ४३ हजार रुपैयाँ पुर्याएको छ ।

कम्पनीले अन्य स्रोतबाट समेत एक करोड सात लाख रुपैयाँ पनि आम्दानी गरेको देखिन्छ । त्यसैगरि कम्पनीको सञ्चालन नाफा पनि ११ करोड ८९ लाख २२ हजार रुपैयाँबाट बढेर १२ करोड ९५ लाख १७ हजार रुपैयाँ पुगेको छ । 

कम्पनीले चुक्ता पूँजी १० प्रतिशत बोनस शेयर वितरण गरि ४८ करोड ६८ लाखबाट बढाएर ५३ करोड ५५ लाख पुर्याएको छ । कम्पनीको जगेडा कोषमा पाँच करोड ९८ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो बर्ष पाँच करोड २४ लाख रहेको थियो ।

ङादीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ९५ पैसा छ भने प्रतिशेयर नेटवर्थ भने १११ रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै मुल्य आम्दानी अनुपात १४.८८ गुणा बढी रहेको छ ।

ङादी ग्रुप पावरसँग ९१ करोड ९ लाख १२ हजार स्थिर सम्पत्ति र चार करोड ६० लाख ४३ हजार चालू सम्पत्ति गरि कूल ९५ करोड ६९ लाख ५६ हजार रुपैयाँको सम्पत्ति रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।