प्रोग्रेशिभ फाइनान्सको २८१ प्रतिशत हकप्रद शेयरको बिक्री खुल्यो

Aug 21, 2018 Merolagani

प्रोग्रेशिभ फाइनान्स(PROFL) ले भदौ ५ देखि २८१ प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ । फाइनान्सको हकप्रद शेयरमा गत साउन २२ गतेसम्म कायम रहेका शेयरधनीहरुले आवेदन गर्न पाउनेछन् ।

कम्पनीले हकप्रद निष्काशनको लागि साउन २३ गते बुक क्लोज गरेकोले साउन २२ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । लगानीकर्ताले असोज ८ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

फाइनान्सले एक बराबर २.८१ कित्ताको अनुपातमा ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुरुप फाइनान्सलाई ८० करोड चुक्ता पूँजी कायम गर्नुपर्ने भएपछि कम्पनीले भारी मात्रामा हकप्रद बिक्री गर्न लागेको हो।

कम्पनीको हाल कायम २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रदपछि ८० करोड रुपैयाँ चुक्ता पूँजी नाघ्नेछ ।

हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको साथै बिक्री प्रबन्धक सनराइज क्यापिटल, प्रोगेशिभका सम्पुर्ण शाखा कार्यालय र सनराइज बैंकका विभिन्न शाखा कार्यालयहरुबाट आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

सोमबार कम्पनीको सेयर दोस्रो बजारमा प्रतिकित्ता १०० रुपैयाँमा कारोबार भएको थियो । गत आर्थिक वर्षमा ३५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको फाइनान्सको प्रतिसेयर आम्दानी एक रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७० पैसा छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।