गुराँस लाइफको बीमा शुल्क २६.८५% ले बढ्यो, इपिएसमा सुधार

Aug 21, 2018 Merolagani

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) को कुल बीमा शुल्कमा २६.८५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षको चौथो त्रैमासमा एक अर्ब २० करोड ८८ लाख बीमा शुल्क संकलन गरेकोमा एक अर्ब ५३ करोड ३४ लाख पुगेको छ ।

गत आर्थिक बर्षमा गुराँसको खुद नाफा पाँच करोड ७२ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो बर्षको यसै अवधिको भन्दा एक करोड ५३ लाख ९० हजार रुपैयाँले बढी हो । अघिल्लो वर्ष चार करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको खुद बीमा शुल्क भने एक अर्ब ४५ करोड ३४ लाख रुपैयाँ संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको यस अवघिमा खुद बीमा शुल्क एक अर्ब १३ करोड १४ लाख रुपैयाँ संकलन गरेको थियो । पुर्नबीमा कमिशन शुन्य रहेको कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ३९ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षमा कम्पनीले पाँच अर्ब ८७ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा ४ अर्ब ३४ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

५९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जीवन बीमा कोष चार अर्ब २७ करोड ४० लाख, जगेडा कोषमा २४ करोड ५९ लाख र महाविपत्ति कोषमा तीन करोड दुई लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले ९७८ कुल दाबी वापत २४ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २२ दाबी वापत २५ लाख ४७ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ । हाल सम्म कम्पनीको बीमालेखको संख्या एक लाख ९८ हजार ४४६ रहेको छ ।

खुद नाफा बढेसँगै अघिल्लाे बर्ष कम्पनीको प्रतिशेयर आम्दानी ७ रूपैयाँ रहेकाेमा अहिले ९ रुपैयाँ ६३ पैसामा बढेकाे छ । प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ४९ पैसा र मुल्य आम्दानी अनुपात ८९.८१ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।