तरलता व्यवस्थापनको योजना सात दिनभित्र बुझाउन अर्थ समितिको निर्देशन

Aug 21, 2018 Merolagani

अर्थ समितिले तरलता व्यवस्थापनको योजना ७ दिनभित्र बुझाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकले बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या आउन नदिन राष्ट्र बैंकसँग योजना मागेको हो ।

 

समितिको बैठकले बैंक तथा वित्तीय संस्थाको आँकडा, बैंकहरुबाट भएको लगानीको क्षेत्रगत अवस्था, निक्षेप र कर्जाको स्थिति, नाफाको विवरण, कर्जा र निक्षेपको औसत अवधि, मर्जरको प्रभाव र दीर्धकालीन पूँजीको विवरण तथा संघ, प्रदेश र स्थानीय तहहरुमा बैंक तथा वित्तीय संस्थाको अवस्था बारेको तथ्याङ्क समेत माग गरेको माग गरेको छ ।

बैठकमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल समेत सहभागी रहेका थिए ।

पछिल्ला दुई बर्ष लगातार वित्तीय प्रणालीमा लगानीयोग्य रकमकको अभाव भएकोप्रति ध्यानकर्षण गराउँदै समितिले राष्ट्र बैंकका गभर्नर डा. नेपाललाई समस्या समाधानको योजना पेश गर्न निर्देशन दिएको हो । साथै समितले बैंकहरुले ऋणमा लिने र बचतमा दिने ब्याजदरको अधिकतम सीमा पनि समितिमा बुझाउन भनेको छ ।

त्यस्तै सबै स्थानीय तहमा कहिलेसम्म बैंक र्पुयाउने भन्ने योजना पनि समितिले माग गरेको छ ।

नोटवन्दी संवेदनशिल विषय :गभर्नर 

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरन्जिवि नेपालले नोटवन्दी संवेदनशिल विषय भएको भन्दै यस विषयमा अहिले सोच्नु नुहने बताए । भारुको नोटवन्दीले अन्तराष्ट्रिय विश्वसनिता गुमाएको भन्दै उनले नेपालमा नोटवन्दी गर्ने बेला आइनसकेको उल्लेख गरे । त्यस्तै उनले वाणिज्य बैंकलाइ सबै स्थानीय तहमा पुराउनका लागी पूर्वाधार निर्माणका लागी छलफल भईरहेको जानकारी दिए ।

बैठकमा नेकपाका सांसद महेश बस्नेतले उठाएको नोटबन्दीको प्रस्तावको जवाफ दिँदै गभर्नर नेपालले यस्तो बताएका हुन् ।

ऋणको व्याजदर घटाउन माग 

त्यसअघि बैठकमा काग्रेस सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले सबै स्थानीय तहमा बैंक तथा बित्त क्षेत्रको पहुँच पुर्याउनुपर्नेमा जोड दिए । उनले ऋणको व्याजदरलाई नघटाई सामान्य वा ठूला व्यापार गर्न कठिनाई भएको बताए ।

त्यस्तै नेकपा सांसद तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले मुलुकको आर्थिक वृद्धिदर हासिल गर्नका लागी राष्ट्र बैंकको भूमिका महत्वपूर्ण हुने भन्दै यसमा राष्ट्र बैंक स्पष्ट हुनुपर्ने जिकिर गरे ।

नेकपाका सांसद महेश बस्नेतले नेपालमा कालोधन कारोबार बढ्दै गएको भन्दै नोटवन्दीको प्रस्ताव गरेका थिए । पछिल्लो समयमा नेपालमा कालोधनको कारोबार बढेको भन्दै यसलाई निस्तेज पार्न नोटवन्दी आवश्यक रहेको बस्नेतको भनाई थियो । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।