राष्ट्र बैंकले भन्यो:'वित्तीय अवस्था अझै कसिलो अवस्थामा, चालु बर्ष पनि मिश्रित रहने'

Aug 22, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले अझै पनि देशको वित्तीय अवस्था कसिलो रहेको बताएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दे राष्ट्र बैंकले यस्तो बताएको हो । साथै राष्ट्र बैंकले चालु आर्थिक बर्षमा पनि देशको समग्र आर्थिक परिदृश्य मिश्रित रहने प्रक्षेपण गरेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय क्षेत्रमा तरलताको उतारचढाबको स्थिति रहेको र निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको अनुपात बढेकाले वित्तीय अवस्था कसिलो रहेको जनाएको छ । 

मुलुकको वित्तीय अवस्था अझै कसिलो

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा कर्जा प्रवाह २२.५ प्रतिशतले बढेको छ भने निक्षेप संकलन निक्षेप १९.२ प्रतिशतले मात्र बढेको छ । 

यसले मुलुकको वित्तीय अवस्था अझै कसिलो आवस्थामा रहेको देखाउँछ राष्ट्र बै.कले भनेको छ ।

साथै राष्ट्र बैंकले विप्रेषण आप्रवाहको वृद्धिदर र पूँजीगत खर्चको अवस्थाले आगामी समयमा वित्तीय स्थितिको दिशा निर्धारण गर्ने पनि उल्लेख गरेको छ । 

 

आर्थिक गतिविधि विस्तारका लागि सकारात्मक वातावरण

पछिल्लो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक स्थिति एवम् मौसमी अवस्थामा भएको विकास क्रमले आर्थिक वर्ष २०७५/७६ मा देशको समग्र आर्थिक परिदृश्य मिश्रित रहने प्रक्षेपण केन्द्रिय बैंकको छ । 

राष्ट्रिय अर्थतन्त्रतर्फ, निर्वाचन सम्पन्न भएको, तीनै तहका सरकारहरु गठन भई बजेट समेत कार्यान्वयनमा आइसकेकाले आर्थिक गतिविधि विस्तारका लागि सकारात्मक वातावरण सृजना भएको छ । 

त्यसैगरी, समयमै पर्याप्त मनसुनी वर्षा भएको कारण कृषि क्षेत्रको वृद्धि उच्च रहने देखिएकाले अघिल्ला वर्षहरुको उत्साहजनक आर्थिक वृद्धिले आर्थिक वर्ष २०७५/७६ मा पनि निरन्तरता पाउने विश्वास राष्ट्र बैंकले लिएको छ । 

मुद्रास्फीतिमा चाप पार्न सक्ने जोखिम

अघिल्लो वर्षको ४.५ प्रतिशतको तुलनामा औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेपनि विश्व मुद्रास्फीति स्थिति लगायत विदेशी विनिमय दरमा देखिएको उतार–चढावले मुद्रास्फीतिमा चाप पार्न सक्ने जोखिम रहेको राष्ट्र बैंकको भनाई छ । 

शोधनान्तर ९६ करोडले बचतमा

आर्थिक वर्ष २०७४/७५ मा चालू खाता घाटा थप विस्तार भई रु.२४५ अर्ब (कुल गार्हस्थ्य उत्पादनको ८.२ प्रतिशत) पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा रु.१० अर्ब (कुल गार्हस्थ्य उत्पादनको ०.४ प्रतिशत) रहेको थियो । आर्थिक वर्ष २०७४/७५ मा देशको समग्र शोधनान्तर रु.९६ करोडले बचतमा छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।