नेपाल लाइफको १० प्रतिशत संस्थापक सेयर साधारणमा परिवर्तन

Aug 22, 2018 Merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) को शेयर स्वमित्वको अनुपात परिर्वतन भएको छ । कम्पनीको १८ औं बार्षिक साधारण सभाले पारित गरेको प्रस्ताव बमोजिम १० प्रतिशत अर्थात ४३ लाख ९६ हजार ९२८ कित्ता संस्थापक शेयर साधारणमा परिवर्तन भएपछि शेयर स्वामित्व बदलिएको हो ।

अब कम्पनीमा संस्थापक शेयरधनीको हिस्सा ६० प्रतिशत र साधारण शेयरधनीको हिस्सा ४० प्रतिशत कायम भएको नेप्सेले जनाएको छ । यसअघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र साधारण शेयरधनीको ३० प्रतिशत शेयर रहेको थियो ।

 

 

चुक्ता पूँजी चार अर्ब ३९ करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीको गत आर्थिउक बर्षको वित्तीय विववरण अनुसार प्रतिशेयर आम्दानी १० रुपैयाँ ९० पैसा, प्रति शेयर नेटवर्थ १८७ रुपैयाँ ०७ पैसा र मूल्य आम्दानी अनुपात ९६.३३ गुणा रहेको छ ।

नेपाल लाईफ जीवन बीमा क्षेत्रको सबैभन्दा राम्रो कम्पनी हो । कम्पनीले पूँजी लगेर व्यवसया विस्तार गर्ने नीति लिएको छ । गत बर्षको बित्तीय विवरणका अनुसार नेपाल लाईफको जगेडा कोषमा तीन अर्ब ४८ करोड छ भने जीवन बीमा कोषमा ५० अर्ब करोड र महाविपत्ति कोषमा ३२ करोड छ ।

 

नेपाल लाइफमा संस्थापक शेयरधनीको हिस्सा घट्यो,सर्वसाधारणको बढ्यो 

एकै पटक कसले बेच्यो नेपाल लाइफको यति धेरै सेयर ?

१६ अर्ब बीमा शुल्क आर्जन गरेको नेपाल लाइफको खुद आम्दानी कति ?  

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।