घलेम्दी हाइड्रोले पनि जारी गर्ने भयाे साढे १५ लाख कित्ता आईपिओ,अनुमति माग

Aug 23, 2018 Merolagani

म्याग्दीको घलेम्दी जलविद्युत आयोजनाले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको १५ लाख ५५ हजार ७७० कित्ता साधारण सेयर निष्काशन गर्ने गर्ने भएको छ । आईपिओ जारी गर्न कम्पनीले धितोपत्र बोर्डसँग भदौ ५ गते अनुमति माग गर्दे निवेदन दिएको धितोत्रप बोर्डले जनाएको छ ।

पहिलो चरणमा असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्थानीयको लागि ५ लाख कित्ता आईपिओ जारी गरेको थियो । तर स्थानीयले कम्पनीको सेयर ९४ हजार २३० कित्ता अर्थात करिब ९ प्रतिशत खरिद गरेका छन् ।

तीन बर्षसम्म बिक्री गर्न नपाइने र लामो समय लाभांश नपाइने भएकाले पछिल्लो समय स्थानीयलाई जारी हुने जलविद्युत कम्पनीहरुको सेयर बिक्री हुन छाडेको हो ।

स्थानीयलाई खुला गरेको चार लाख ५५ हजार ७७० कित्ता अवितरित भएपश्चात कम्पनीले सो समेत थप गरि सर्वसाधारणमा १५ लाख ५५ हजार ७७० कित्ता सेयर जारी गर्ने भएको छ । यसअघि सर्वसाधारणमा ११ लाख कित्ता जारी गर्ने तय भएको थियो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

कस्तो छ कम्पनी ?

५५ करोड रुपैयाँ जारी पूँजी रहेको आयोजनामा संस्थापकको ७० प्रतिशत अर्थात ३८ करोड ५० लाख लगानी रहेको छ । आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणको गरि ३० प्रतिशत अर्थात १६ करोड ५० लाख रुपैयाँ लगानी रहने छ ।

कूल ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निमार्ण भइरहेको छ । कम्पनीले आगामी असोजदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ ।

वि.सं २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको हो । प्रति मेगावाट लागत १८ करोड ८० लाख रुपैयाँ पर्ने यो आयोजनाले ८ वर्षसम्म कर्जा चुक्ता गर्ने कम्पनीले जनाएको छ । यसअनुसार कम्पनीमा सेयर लगानी गर्ने सेयरधनीले कम्तिमा ९ बर्ष लाभांशका लागि सेयर पाल्नुपर्ने देखिन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।