एनआईबिएल समृद्धि फन्डको लाभांश घट्यो, कति गर्यो प्रस्ताव ?

Aug 23, 2018 Merolagani

एनआईबिएल म्युचुअल फण्डद्धारा सञ्चालित एनआईबिएल समृद्धि फन्ड १ (NIBSF1) ले आफ्ना इकाईधनीलाई अघिल्लो आर्थिक बर्षको तुलनामा ६ प्रतिशतले कम लाभांश प्रस्ताव गरेको छ । आव ०७३/७४ मा १८ प्रतिशत नगद लाभांश बाँडेको फण्डले गत अाव ०७४/७५ मा कर सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

भदौ ७ गते बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले आव ०७४।७५ का लागि इकाईधनीलाई सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसअघि सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमले गत ०७४/७५ मा आफ्ना इकाइधनीलाई १२ प्रतिशत नै नगद लाभांश घोषणा गरेको थियो ।

कूल एक अर्ब आकारको यस फण्डले १२ प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ आफ्नो इकाईधनीहरुलाई वितरण गर्न भएको हो । इकाईधनीहरुलाई लाभांश वितरणका गर्ने प्रयोजनका लागि कम्पनीले भदौ २२ गते इकाइधनी पुस्तिका बन्द गर्ने भएको छ ।

 

यस अनुसार भदौ २१ गते सम्म कायम इकाईधनीले कम्पनीले घोषणा गरेको प्रतिफल प्राप्त गर्नेछ । एनआईबिएल समृद्धि फन्ड १ एनआईबिएल क्यापिटलको व्यवस्थापन तथा इन्भेष्टमेन्ट बैंक प्रवद्र्धक अन्तगर्त सञ्चालित सामूहिक लगानी कोष हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।