विदेशको उच्च शिक्षा हासिल गर्न दिनुपर्ने अनिवार्य परिक्षाहरु SAT, GRE, GMAT, ACT, USMLE को रेजिस्ट्रेशन शुल्क र नेपालमै बसी अध्ययन गर्न सकिने अन्तराष्ट्रिय कोर्स ACCA लगायत अन्य अनलाईन कोर्सहरुको रेजिष्ट्रेशन तथा फि पनि अब विद्यार्थीहरूले सहजै रूपमा सिभिल बैंकका शाखाहरुवाट भुक्तानी गर्न सक्नेछन् ।
बैंकले नेपालका विभिन्न स्थानहरुबाट वर्षेनी हजारौं विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जाने विद्यार्थिहरुले विदेशमा बुझाउनुपर्ने शुल्कहरु भुक्तानी गर्न सहज नभएको परीप्रेक्ष्यमा सिभिल बैंकको कुनै पनि शाखा गई अनलाईन फि पेमेन्ट गर्न सक्ने व्यवस्थाको थालनी गरेको हो ।
देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनको लागि अपरिहार्य उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूले अब सिभिल बैंकको ६८ वटा मध्ये ग्राहकहरmलाई पायक पर्ने कुनै पनि शाखा मार्पmत बिना झन्झट भुक्तानी गर्न सक्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
सिभिल बैंकले हालसम्म २ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेका छन् । गत आवमा बैंकले ४० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ३९ अर्ब भन्दा बढी कर्जा परिचालन गरेको छ ।