यो साताभर राताम्मे भएको शेयरबजार अर्को साता के होला ?

Aug 23, 2018 Merolagani

शेयर बजारका लगानीकर्ताको आत्मबल कमजोर बन्दा यो साता पाँचै दिन नेप्से परिसूचक राताम्मे भएको छ । साताभर नेप्से ३१.८२ अंकले घटेर ११७८.५० अंकमा झरेको छ । कम्पनीहरुले लगानीकर्ताको अपेक्षा अनुसारको लाभांश घोषणा नगरेपछि लगानीकर्ता निरुत्साहित देखिएका छन् ।

साताको पहिलो दिन आइतबार नेप्से १४.०३, सोमबार ८.२२, मंगलबार ४.१८ र बुधबार १.४७ अंकले घटेको थियो । विहीबार नेप्से परिसूचक ३.९२ अंकले घटेर ११७८.५० अंकमा झरेको छ । सूचक घटेपनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ ।

विहीबार १० लाख २० हजार कित्ता शेयर २७ करोड ७३ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । कारोबारको खुलेदेखि नै घट्न थालेको बजारमा कारोबार रकमले केही साथ दिँदा मुस्किलले कारोबार रकम बढेको हाे।

एनएमबी बैंक र एनएलजी इन्स्योरेन्सको सेयर कारोबार बढी हुँदा कारोबार रकम बढ्न पुगेको हो । लामो समयपछि बजारमा एउटै कम्पनीको सेयर करिब ५ करोड रुपैयाँको कारोबार भएको छ ।

बजारमा एनएमबी बैंकको ४ करोड ९५ लाख रुपैयाँको सेयर खरिदबिक्री हुँदा एनएलजी इन्स्योरेन्सको ३ करोड १० लाख र जनता बैंकको १ करोड रुपैयाँको सेयर कारोबार भको छ । तर, अन्य कुनै पनि कम्पनीको कारोबार रकम एक करोड नाघ्न सकेन ।

बजारमा विकास बैंक र अन्य समुह बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी उत्पादनमुलक समुहको परिसुचक ५४ अंकले घट्दा जीवन बीमा समुहको परिसुचक ३८ अंकले ओरालो लागेको छ । यसैगरी निर्जीवन बीमा समुहको परिसुचक २७ अंकले घट्दा बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि ३ दशमलव ५३ अंकको गिरावट आएको छ ।

यसदिन एनआईबिल समृद्धि फण्डको इकाई मूल्य सबैभन्दा भेरै ६ प्रतिशत बढीले उकालो लागेको छ । फण्डले आजै मात्र गतबर्षको कमाईबाट १२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । लक्ष्मी भ्यालु फण्डको इकाई मूल्य पनि चार प्रतिशत बढीले बढेको छ । नगारिक लगानीकोष र नेपाल सेवा लघुवित्तको शेयरमूल्य पनि तीन प्रतिशत बढीले उकालो लागेको छ ।

यसदिन युनिलिभरका लगानीकर्ताले सबैभन्दा धेरै तीन प्रतिशत बढीले गुमाए । सप्तकोशी डेभलपमेन्ट, कन्काई विकास र कृषि विकास बैंक लगायतको शेयर मूल्य धेरै घटेको छ । एनएमबिको कारोबार बढेपनि शेयरमूल्य घटेको छ ।

केही साना तथा मझौला कम्पनीहरुले गतबर्षको कमाईबाट मुनाफा घोषणा गरेका छन् । तर अहिलेसम्म विशेषगरी कुनै पनि वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छैनन् । लगानीकर्ताको ध्यान वाणिज्य बैंकहरुले कुन प्रकारले लाभांश घोषणा गर्लान भन्नेमा नै देखिन्छ ।

चुक्ता पूँजी पुर्याइसकेको अवस्थामा बोनस भन्दा नगदलाई प्राथमिकता दिन सक्ने आँकलन गरिकाले लगानीकर्ता ढुक्क हुन सकेका छैनन् । पूँजी पुर्याइसकेका बैंकहरुले पनि मर्जरको बाटो समातेकाले बोनश दिनसक्ने अवस्थाका बैंकहरुले बोनश बाड्न कुनै कन्जुस्याई नगर्ने पनि विश्लेषण गर्न थालिएको छ । वाणिज्य बैंक र शेयर बजारका अन्य ठूला कम्पनीहरुले घोषणा गर्ने लाभांशले आगामी दिनको शेयरबजारमा प्रभाव पार्ने देखिन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।