अघिल्लो बर्ष १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिएको कम्पनीले यसपालि भने नगद लाभांश मात्रै प्रस्ताव गरेर लगानीकर्तालाई निराश पारेको छ । अर्कातर्फ ३० प्रतिशत हकप्रदको भार बोकाउने योजना समेत अघि सारेको छ । कम्पनीले दश प्रतिशत नगद लाभांश वितरण गरेपछि हकप्रद बिक्री गर्ने भएको हो ।
कम्पनीको अघिल्लो बर्षकै साधारणसभाले ३० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब पारित गरेको थियो । तर सो हकप्रद निष्काशन नभएपछि कम्पनीले पुन चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब साधारणसभामा लैजान लागेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि भदौ १४ गते शेयरधनी पुस्तीका बन्द गर्ने भएको छ । यस अनुसार ङादीको लाभांश पाउन भदौ १३ गतेभित्र सेयरधनी कायम हुनुपर्नेछ ।
कम्पनीको पाँचौ बार्षिक साधारणसभा असोज ४ गते अमृत भोग कालिकास्थानमा आब्हान हुने छ । सो साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट ४ र सर्बसाधारणका तर्फबाट दुई संचालक समेत चयन गर्नेछ ।
५३ करोड चुक्ता पुँजी रहेको कम्पनीले गत बर्ष ५ करोड ८६ लाख खुद नाफा कमाएर प्रति शेयर आम्दानी १० रुपैयाँ ९५ पैसा कायम गरेको थियो । उसको शेयर मूल्य दोस्रो बजारमा १६७ रुपैयाँ रहेको छ ।