एनआईसी एशियाले एक अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र जारी गर्ने,कति पाइन्छ ब्याज ?

Aug 24, 2018 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले बार्षिक ११ प्रतिशत ब्याजदरमा एक अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र (डिवेन्चर) जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

'११% एनआईसी एशिया ऋणपत्र २०८२/८३' नाम दिइएको उक्त ऋणपत्र पूँँजीगत आधार मजबुत बनाउन निष्काशन गर्न लागेको एनआईसी एशिया बैंकले जनाएको छ ।

ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने पनि बैंकले जनाएको छ ।

निष्काशन हुने कुल ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ३६ करोड ६० लाख रुपैयाँ सर्वसाधारणका लागि बिक्री गरिनेछ भने ८० प्रतिशत अर्थात एक अर्ब ४६ करोड ४० लाख रुपैयाँ व्यक्तिगत तवर मार्फत बिक्री हुनेछ । अर्ध वार्षिक रुपमा व्याज भुक्तानी गरिने उक्त ऋणपत्रको अवधि ७ वर्ष तोकिएको छ ।

बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई प्रदान गरेको छ ।

हाल बैंकमा बचत खाताको ब्याजदर ६ प्रतिशत हाराहारीमा रहेको अवस्था छ । ऋणपत्रमा ११ प्रतिशत ब्याज पाइने भएकाले उच्च प्रतिफल सहित दीर्घकालीन लगानी गर्न खोज्ने लगानीकर्ताका लागि यो राम्रो अवसर हुनेसक्छ ।

यस अगाडि बैंकले ९ प्रतिशत वार्षिक व्याजदरमा ३ अर्ब रुपैयाँको ३० लाख कित्ता निष्काशन गरेर बाँडफाँड समेत भइसकेको र सो नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ ।

ऋणपत्र के हो ?

कूल ऋण पूँजीलाई सर्वसाधरण सबैले खरिद गर्न सक्ने गरि स साना एकाईहरुमा विभाजन गरिएको एकाईहरुलाई ऋणपत्र भनिन्छ । अझै प्रष्ट रुपमा भन्नु पर्दा ऋणपत्र भन्नाले कम्पनीले ऋणमा लागानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधि, अचल जायजेथा धितो राखेको भए सोको अवस्था आदि शर्तहरु उल्लेख गरि आधिकारिक रुपमा गरिदिएको लिखित पत्र हो ।

यसरी कम्पनीले सार्वजनिक सूचना प्रकाशन गरि कम्पनीको अचल जायजेथा धितो वा बन्धक राखि वा नराखी ऋण पूँजी उठाउन सक्छ । यसमा लगानी गर्ने लगानीकर्ताले आफुले गरेको लगानी रकममा तोकिएको ब्याजदर प्राप्त गर्दछन् । साधारण सेयर र अग्राधिकार सेयरधनीलाई लाभांश दिनुअघि नै ऋणपत्रका लगानीकर्ताले ब्याज प्राप्त गर्दछन् ।

संगठिक संस्था नोक्सानीमा गएपनि लगानीकर्ताले प्राप्त गर्ने ब्याज भने प्राप्त गर्दछन् कुनै बाधा पर्देन । कथमकदाचित कम्पनीले ऋणपत्र जारी गर्दा तोकिएको दर र समयमा प्राप्त गर्न असमर्थ भएमा ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले कम्पनीलाई खारेजीमा पठाउनका लागि कारवार्ही समेत चलाउन सक्दछन् । प्राय जोखिम लिन नचाहने लगानीकर्ताका लागि ऋणपत्रमा लगानी उत्तम विकल्प हो ।

यस्ता हुन्छन् ऋणपत्र महत्व

ऋणपत्र भनेको कम्पनीको शिलमोहोर लागेको लिखित प्रतिज्ञापत्र हो । यसमा ऋणपत्र धारकहरुलाई साँवा भुक्तानी हुने मिति, ब्याज भुक्तानी दर, प्रकृया र प्रत्येक ऋणपत्रको अंकित मूल्य पनि उल्लेख गरिएको हुन्छ ।
कुनैपनि कम्पनीले ऋण पूँजी उठाउन चाहेमा सो कम्पनीको जारी पूँजी चुक्ता भएको हुनुपर्ने प्रावधान रहेको छ ।

ऋणपत्रमा लगानी गर्ने लगानीकर्तालाई ऋणपत्र जारी गर्ने कम्पनीको बार्षिक साधारण सभामा सहभागी हुने अवसर र मताधिकार अधिकार नहुने भएकाले कम्पनीको व्यवस्थापन नियन्त्रणमा असर पर्दैन ।

ऋणपत्रको ब्याजदर पूर्व निर्धारित हुने भएकाले धेरै नाफा आर्जन गर्दा पनि ऋणपत्रधारिहरुले नाफामा दाबी गर्न पाउँदैनन । ऋणपत्रको परिपक्व अवधि दिर्घकालीन हुने भएकाले कम्पनिको लागी आवश्यक पर्ने स्थिर सम्पती खरिद गर्न ऋणपत्र मार्फत पूँजी उठाईन्छ ।

पूँजीको आवश्यकता नभएमा केहि रकम प्रिमियम वापत थप गरि फिर्ता गर्न सकिने प्रावधान यसमा हुन्छ । ऋणपत्रमा दिइने व्याजलाई अन्य खर्च जस्तै तिर्नुभन्दा अगाडि नै खर्च लेख्न पाईन्छ । जसले गर्दा ऋणपत्र जारी गर्ने कम्पनीहरुलाई करको दायित्व समेत कम हुन्छ ।

साधारण तया सेयर पूँजी र ऋण पूँजीको अनुपात एक बराबर दुई अनुपातलाई राम्रो मानिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।