प्रभु ईन्स्योरेन्सको हकप्रदमा नबिकेको शेयर लिलामीमा, कहिले खुल्छ आवेदन ?

Aug 26, 2018 Merolagani

प्रभु इन्स्योरेन्स कम्पनी (PRIN) ले हकप्रदमा नविकेको शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक र साधारणतर्फको गरी कुल एक लाख ३७ हजार १६ कित्ता हकप्रद शेयर भदौ १७ देखि लिलामी गर्ने भएको हो ।

प्रभु इन्स्योरेन्सले १५ हजार ८६१ कित्ता संस्थापक समूहको तथा एक लाख २१ हजार १५४ कित्ता साधारण तर्फको शेयर लिलामी गर्ने भएको हो । लिलामीको शेयरमा भदौ १७ देखि २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

लिलामी शेयरमा प्रभु क्यापिटल र प्रभु बैंकका शाखाहरु मार्फत बोलपत्र लिन र पेश गर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । न्यूनतम एक सय रुपैयाँ तोकिएको शेयरमा दश कित्ताले भाग जानेगरी कम्तिमा सय कित्ताका लागि आवेदन गर्न पाइनेछ ।

कम्पनीले गत असार ८ गतेदेखि साउन १० गतेसम्म चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। कम्पनीले ३१ लाख ६६ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दा रितपुर्वक आवेदन दिनलाई ३० लाख २९ हजार ६६१ कित्ता हकप्रद बाँडफाँड गरिसकेको छ।

कम्पनीले हकप्रद शेयर सकारेसँगै चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघ्नेछ। कम्पनीमा संस्थापक शेयरधनीहरुको हिस्सा ३६ प्रतिशत, कर्मचारी संचयकोषको १५ प्रतिशत तथा सर्वसाधारणको ४९ प्रतिशत छ।

हाल कम्पनीको दोस्रो बजारमा ४७८ रुपैयाँमा कारोबार भैरहेको छ। गत आर्थिक वर्षमा २२ करोड १५ लाख रुपैयाँ नाफा गरेको कम्पनीको हालको पूँजी अनुसार प्रति शेयर आम्दानी ३२ रुपैयाँ छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।