जनता बैंकले सञ्चालनमा ल्यायो मेरो तलब खाता, के- के छन विशेषता ?

Aug 27, 2018 Merolagani

जनता बैंक (JBNL) ले आकर्षक व्याजदर, बीमा तथा अन्य धेरै सुविधा सहित मेरो तलब खाता संचालनमा ल्याएको छ। श्रम ऐनले सबै कर्मचारीको तलब अनिवार्य रुपमा बैंक खाता मार्फत भूक्तानी गर्नुपर्ने प्रावधान ल्याएपछि बैंकले यो खाता सञ्चालनमा ल्याएको हो।

बैंकका अनुसार शुन्य मौज्दातामा खोल्न सकिने र वार्षिक सात प्रतिशत ब्याज पाइनेछ।

साथै दैनिक मौज्दातमा त्रैमासिक ब्याज भूक्तानी, दुई वर्षका लागि निशुल्क डेविट कार्ड, सात लाख रुपैयाँसम्मको निशुल्क दुर्घटना बीमा, दुई लाख रुपैयाँसम्म एबिबिएस सुविधा र निशुल्क चेक स्टेटमेन्ट सुविधा दिइने पनि बैंकले जनाएको छ।

संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयमा मेरो तलब खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् ।

साथै, श्रम ऐन २०७४ को व्यवस्था बमोजिम कर्मचारी/श्रमिकको सञ्चय कोष, उपदान लगायतका रकम जनता अवकाश कोषमा जम्मा गरी सम्पूर्ण सुविधा जनता बैंकको एकै छातामुनी प्राप्त गर्न सकिनेछ ।”

बैंकले हाल देशभरीबाट १२२ शाखा सञ्जाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।