संस्थाले २ लाख ६ हजार २२७ संस्थापक शेयर र ८५ हजार २६३ कित्ता सर्वसाधारण तर्फको शेयर लिलाम गर्ने भएको हो । लघुवित्तले गत असार १७ गतेबाट साउन २० गतेसम्म हकप्रद शेयरको बिक्री खुला गरेको थियो ।
लिलामीको शेयरमा संस्थाको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाटका साथै ललितपुर, पोखरा, बुटवल, विरगन्ज, विराटनगर, नेपाल इन्भेष्टेमन्ट बैंकको सुर्खेत, नेपालगन्ज, नारायणगढ, धनगढी र आरएसडिसीको बुटवल कार्यालयबाट आवेदन दिन सकिने छ ।
शेयर आवेदन दिदाँ सर्वसाधारणतर्फको लागि कम्तिमा १ सय कित्ता संस्थापकको १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ ।
यहि साउन २० गतेसम्म ६० प्रतिशत हकप्रद जारी गरिरहेको लघुवित्तको यस हकप्रलपछि ५७ करोड ६० लाख रूपैयाँ चुक्ता पूँजी पुग्नेछ । राष्ट्र बैंकले थोक कर्जा प्रवाह गर्ने लघुवित्तलाई न्यूनतम ६० करोड पूँजी कायम गर्न निदेर्शन दिएको छ । यसअनुसार चुक्ता पूँजी पुर्याउन लघुवित्तलाई थप २ करोड ४० लाख पूँजी विस्तार आवश्यक देखिन्छ।