केएल मोबाईल मेला पाँच दिन बाँकी, पुरानो मोबाइलसँग ग्यालेक्सी नोट ९ साट्न पाइने

Aug 27, 2018 Merolagani

चाबहिल चुच्चे पार्टी स्थित केएल टावरमा जारी मोबाइल मेलामा सेवाग्राहीको भिड बढेको छ । ६ मोडलका मोबाइल किन्दा अर्को सित्तैमा पाइने अफरले भिड बढेको मोबाइल हबले जनाएको छ । यसका साथै मेला अवधिभर जुनसुकै स्मार्ट फोनसँग ग्यालेक्सी नोट ९ साट्न पाइने हबले जनाएको छ ।

पहिलो बार्षिकत्सवको अवसर पारेर सञ्चालन गरिएको मोबाइल मेलामा ९ सय ९९ रुपैयाँदेखि एक लाख ५९ हजार ९ सय ९९ रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाईल उपलब्ध छन् ।

जस्तो सुकै पुरानो मोबाइल साटेर नयाँ मोबाईल लिन सकिने मेलामा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ । अफर भित्र पनि अफर सहित चलिरहेको मोबाइल मेला भदौ १६ गतेसम्म सञ्चालन हुनेछ ।

मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने छन् । केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा मोबाइल किन्न सकिन्छ ।

 

एउटा किन्दा अर्को सित्तैमा पाइने योजना २९ हजार ९ सय ९९ रुपैंया पर्ने लेनोभोको के फाइभ नोट र २० हजार ९ सय ९९ रुपैंया पर्ने जेटिई एस सेभेन किन्दा २ वटा भिआर बक्स पनि निशुल्क पाइनेछ । त्यैगरी ९ हजार ९ सय ९९ रुपैंया पर्ने जेटीई आई फाईभ प्लस मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । अरु विभिन्न मोडलका मोबाइलमा पनि यो अफर लागू हुने मोबाइल हबले जनाएको छ । ९ हजार ९९९ मा वाई वान गेट वान फ्रि र अरु थप मोबाईल हरु रहेका छन् ।

२० मेगा पिक्सेलको क्यामेरा तथा ४ जिबी रोम र ६४ जिबी रोम तथा ५.५ इञ्चको स्क्रिन भएको एचटिसी डिजायर १० प्रो मोबाइलमा २० प्रतिशत छुटका साथै एउटा भिआर बक्स सित्तैमा पाइनेछ ।
एमआई फाइभ एस प्लसमा ४० प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर पनि उपलब्ध छ । एमआई फोरमा ३५ प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर लागू हुने मोबाइल हबका निर्देशक संगम राईले बताए ।

मोबाइल मेला अवधिमा मोबाइल खरिद गर्ने ग्राहकलाई एफ क्युब सिनेमाको टिकट निशुल्क प्रदान गर्ने पनि उनले बताए । त्यस्तै विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ ।

केएल मोबाईल हब अवलोकन गर्नेले लक्की ड्रमार्फत हरेक दिन एउटा स्मार्ट फोन समेत जित्न सकने छन् । मोबाइल मेलामा विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइलहरु उपलब्ध छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।