युनियन हाइड्रोपावरको आईपिओ भर्ने मंगलबार अन्तिम दिन

Aug 28, 2018 Merolagani

गत साउन १४ गतेदेखि आवेदन खुलेको युनियन हाइड्रोपावर कम्पनी लिमिटेड (UHCL) को साधारण सेयर (आईपिओ) मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दालाई ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपिओ जारी गरेको हो ।

यस आईपिओमा लमजुङ्गका मध्यनेपाल, बेसिशहर र सुन्दरबजार नगरपालिका र कास्कीको रुपा गाउँपालिकाका आयोजना प्रभावित स्थानीयबासीले आवेदन गर्न पाउनेछन् । हाइड्रोपावर कम्पनीको सेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स रहेको छ ।

आइपिओमा न्युनतम ५० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । स्थानीयले विभिन्न बैंक तथा वित्तीय संस्थाका १३ शाखा कार्यालय मार्फत बाट आवेदन गर्न सक्नेछन् ।

कम्पनीले लमजुङ जिल्लाको करापुटार गाविसमा ३.३ मेगावाटको मिदिम खोला आयोजना निर्माण गरि सञ्चालनमा ल्याएको छ । कम्पनीले २३ मेगावाट क्षमताको मेवा खोला आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र समेत पाएको छ ।

आयोजनाको लागत बढेर ७९ करोड ५० लाख ७७ हजार रुपैयाँ पुगेको छ । आयोजनाको प्रतिमेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ छ । ईक्रा नेपालले कम्पनीको आइपिओलाई ग्रेड पाँच रेटिङ्ग दिएको छ । कम्पनीको बित्तीय अबस्था कमजोर भएकाले लामो समयसम्म यसका लगानीकर्ता शेयरधनीले लाभांश नपाउने अबस्था छ ।

स्थानीयलाई आईपिओमा  जारी गरीसकेपछि सर्वसाधारणलाई २९ करोड १२ लाख ५५ हजार रुपैयाँ बराबरको २९ लाख १२ हजार कित्ता आईपिओ निष्कासन हुने कम्पनीले जनाएकोे छ । कम्पनीले पहिलो चरणमा स्थानीयलाई १० प्रतिशत सेयर जारी गरेर बाँडफाँड पश्चात सर्वसाधारणमा आईपिओ जारी गर्नेछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।