बीमा समिति भन्छ कुनै वित्तीय संस्थाले ‘बैंकास्योरेन्स’ अनुमति लिएका छैनन्'

Aug 28, 2018 Merolagani

अभिकर्ता भन्छन्, ‘हाम्रो काम खोसियो’
बीमा व्यवसायको क्षेत्र विस्तार हुदै जाँदा बीमा अभिकर्ताहरुले बैंकास्योरेन्स प्रणालीले आफ्नो काम खोसिएको आरोप लगाउन थालेका छन् । उता बीमा समितिले पनि कुनै कम्पनीले अहिलेसम्म बैंकास्योरेन्स शिर्षकमा काम गर्नका लागि अनुमति नलिएको बताएको छ । यसले वित्तीय संस्था मार्फत प्रवाह हुँदै आएको बीमा सेवामा प्रश्न उठाएको छ ।

बैंक तथा बीमा कम्पनीहरुले सहकार्य गर्दै बैंकबाट बीमा गर्न सकिने गरी बैंकास्योरेन्सलाई तिब्र बनाउँदै गर्दा बीमा अभिकर्ताहरुको असन्तुष्टीको क्रम बढ्न थालेको हो ।

पेशागत अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारी भन्छन्, ‘बैंकहरु पनि अभिकर्ताको उदेश्यका साथ राष्ट्र बैंकको स्वीकृति लिएर आउँदा मात्र त्यसलाई कानुनी प्रवाधान मान्न सकिन्छ । अहिले अभिकर्ताको काम खोस्ने काम भईरहेको छ । यो गलत हो ।’

बैंकास्योरेन्स सम्झौता पछि बैंक तथा वित्तीय संस्थाहरुले बीमा कम्पनीहरुको बीमालेख बिक्रि गर्दै आइरहेका छन् । बीमालेख बिक्री वापत निश्चित रकम कमिशन आउने भएकोले वित्तीय संस्थाहरुले बैंकास्योरेन्सलाई प्राथमितामा राख्न थालेका हुन् ।

उता बीमा समितिले पनि बीमा कम्पनीहरुले बैंकास्योरेन्सका लागि कुनै संस्थाले अनुमति नलिएको बताएको छ । बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत अभिकर्ताको अनुमति मात्र लिएको समितिका एक अधिकारीले बताए । ‘यो अवस्थामा बैंकास्योरेन्सको कामलाई कसरी लिने भन्ने अन्यौलता देखिन्छ ।’ उनले भने ।

अभिकर्ताहरुको पेशा धरापमा पर्न लागेको अभिकर्ता संघको भनाई छ । यसरी नै बैंकास्योरेन्सले तिव्रता पाएको खण्डमा अभिकर्ताहरुको भूमिका शुन्य हुने संघको बुझाई छ । संघका अध्यक्ष तिवारी भन्छन्, ‘बैंक, फाइनान्स र लघुवित्तहरुले आफ्नो मात्र काम गर्नुपर्छ । बीमा गराउने काम बीमा कम्पनी र अभिकर्ताहरुको हो । बजारमा सबै किसिमका काम गर्ने अनुमति ति संस्थाहरुले कहाँबाट पाए ?’

तिवारीले बैंकमा सेवा लिन जाने सामान्य सेवाग्राहीलाई जबरजस्ती बीमा गर्न लगाउने क्रम बढ्दै गएको भन्दै यसलाई पनि निरुत्साहित गर्नु पर्ने बताए ।

विश्व बजारमा बैंकास्योरेन्स धेरै पहिले देखि नै प्रचलनमा आए पनि नेपालमा भने भर्खरै यसको अभ्यास सुरु भएको हो । सुरुवाती क्रममा नै यसको बिरोध पनि सुरु भएको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।