पूँजी बजारको विकास र विस्तारका लागि भाषण भन्दा काममा जोड : अर्थमन्त्री

Aug 29, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारको विकास र विस्तारका लागि आफू भाषण भन्दा पनि काम गर्नतर्फ लागेको बताएका छन् । साथै उनले बजारमैत्री वातावरण निमार्णको लागि करको अन्योलता हटाउनुका साथै बैंकलाई ब्रोकर लाइसेन्स दिने तयारी भएको जानकारी दिए ।

बुधबार पूँजी बजार लगानीकर्ता संघका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री खतिवडाले हकप्रद र बोनस शेयरमा पूँजीगत लाभकर लगाउने विषयको अन्योलता एक हप्ताभित्र अन्त्य गरिने दाबी समेत गरेको संघका महासचिव एसपि चौलागाईले मेरोलगानीलाई जानकारी दिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिएपछि पुँजी बजारको पहुँच देशका ७७ वटै जिल्लामा पुग्ने र शेयरबजार देशव्यापी रुपमा विस्तार हुने बताए ।

अहिले बैंकहरुसँग ब्रोकेज सेवाका बिषयमा छलफल भईरहेको बताउदै अर्को सहायक कम्पनी खोलेर उनीहरुलाई ब्रोकरको काम दिने तयारी सरकारले थालेको समेत जानकारी गराए । उनले सेयरबजारको विकास र विस्तारका लागि आफु भाषण भन्दा काम गरेर देखाउन प्रयत्नसील रहेको समेत लगानीकर्तालाई बताए ।

 

लगानीकर्ताहरुले दोस्रो बजारलाई लगानी र प्रविधिमैत्री बनाउन, गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पूँजी बजारमा भित्र्याउने वातावरण बनाउन अर्थमन्त्री समक्ष माग गरेका थिए ।

साथै उनीहरुले नियमित रुपमा बजार घट्दा लगानीकर्ताको घाटा बढ्दै गएको र दोस्रो बजार खस्किदा आईपिओ तथा एफपिओ समेत बिक्री हुन छाडेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।