ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, सेयरधनीको हात भने खाली

Aug 30, 2018 Merolagani

बाग्लुङ्गमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) ले बिना लाभांश साधारण सभा डाकेको छ । बैंकले होटल पिस प्यालेसमा असोज ८ गते बिहान ८ ३० बजे पाँचौं बार्षिक साधारण सभा आह्वान गरेको हो ।

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न चार सय प्रतिशत हकप्रद जारी गरेको बैंकको जगेडा नोक्सानी रहेकोमा गत आर्थिक बर्षको चौथो त्रैमासमा आएर बल्ल ८३ लाख ३० हजार खुद नाफा कमाएको छ । साेही कारण बैंकले बाेनस बाँड्न नसकेकाे हाे ।

साधारण सभाका लागि  बैंकले भदाै २२ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले भदाै २१ गतेसम्म सेयरधनी कायम रहेकाले साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

बैंकले साधारण सभा मार्फत जीवन तथा निर्जीवन बीमा कम्पनीको संस्थागत अभिकर्ता भई काम गर्ने, बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण गरि पोखरामा सार्ने, सञ्चालकहरुको भत्ता वृद्धि गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव साधारण सभामा राखेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।