हकप्रद जारी गर्न स्वदेशी लघुवित्तले तोक्यो बुकक्लोज

Aug 30, 2018 Merolagani

सेयरधनीलाई शतप्रतिशत हकप्रद बेच्न लागेको स्वदेशी लघुवित्त (SDESI) ले हकप्रद जारी गर्नका लागि सेयरधनी किताब बन्द गर्ने मिति (बुकक्लोज) निर्धारण गरेको छ । लघुवित्तले एक बराबर एक अनुपातमा ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

लघुवित्त कम्पनीको भदौ १३ गते सम्पन्न सञ्चालक समितिको ६१ औं बैठकले एक बराबर एक अनुपातमा हकप्रद निष्काशनका लागि भदौ २५ गते सोमबार सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको कम्पनी सचिव अशोक सुवेदीले जानकारी दिए । 

यसअनुसार भदौ २५ गतेसम्म सेयरधनी कायम रहेकाले हकप्रद भर्न पाउनेछन् ।

शतप्रतिशत हकप्रद जारी गर्न लघुवित्तले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत चैत ४ गते निवेदन मागेकोमा बोर्डले साउन २४ गत बिहीबार अनुमति पाएको थियो ।

हकप्रद जारी गर्न लघुवित्तले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । लघुवित्तको हाल कायम चुक्ता पूँजी ११ करोड ५० लाख रहेको छ । शतप्रतिशत हकप्रद पश्चात स्वदेशीको चुक्त्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षमा स्वदेशीले ३ करोड ७७ लाख खुद नाफा आर्जन गरेर प्रतिसेयर आम्दानी ३२ रूपैयाँ ८ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य भदाै १४ गते बिहीबार प्रतिकित्ता एक हजार ५०० रूपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।