मुक्तिनाथले ल्यायो “मुक्तिनाथ बरदान मुद्धती” योजना, बार्षिक ११.५० प्रतिशत ब्याजदर

Aug 30, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक ले नयाँ अर्को सेवाको रुपमा “मुक्तिनाथ बरदान मुद्दति” योजना सार्वजनिक गरेको छ । ग्राहकहरुलाई विभिन्न किसिमका वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको बैंकले नयाँ योजना सार्वजनिक गरेको हो ।

बैंकले यस योजना अन्तर्गत निक्षेपमा बार्षिक ११.५० प्रतिशत व्याजदर प्रदान गर्ने जनाएको छ । जसमा ग्राहकहरुले १ वर्ष अवधिमा न्युनतम ५ लाख देखि निक्षेप राख्न सक्नेछन् । 

यस योजना बैंकको देशैभरी फैलिएका आफ्ना ९५ वटै शाखा वाट उपलब्ध हुने छ ।

बैंकले आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, भिसा डेबिट.कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।