ज्योती विकास बैंकलाई हाम्रो विकास बैंक गाभ्न राष्ट्र बैंकको स्वीकृती

Aug 30, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको ज्योति विकास बैंक (JBBL) लाई नुवाकोटमा केन्द्रीय कार्यालय रहेको हाम्रो विकास बैंक प्राप्ति गर्न सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको मंगलबारको बैठकले सो सहमति दिएको हो ।

ज्योति विकास बैंकले असार ३१ गते हाम्रो विकास बैंकलाई खरिद गर्ने सम्झौता गरेको थियो । दुबै बैंकबीच स्वाप रेसियो सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) को आधारमा निर्धारण गरिने सहमति छ ।

हाम्रो विकास बैंकको चुक्त्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । ज्योति विकास बैंकले भने यसअघि नै राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याइसकेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ । हाम्रो विकास बैंकलाई एक्वायर पश्चात ज्योतिको चुक्ता पूँजी ३ अर्ब बढी नाघ्नेछ ।

हाल ज्योतिसँग साढे २० अर्ब र हाम्रो विकास बैंकसँग पौने २ अर्ब रुपैयाँ निक्षेप रहेको छ । करिब १६ अर्ब रुपैयाँ ज्योतिले कर्जा प्रवाह गर्दा हाम्रोले एक अर्ब ६० करोड लगानी गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।