अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ३० करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद नाफामा समेत ८.५६ प्रतिशतले सुधार आएको छ । अघिल्लो वर्ष कम्पनीले ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले १२ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
६१ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा २४ करोेड ५३ लाख रुपैयाँ र बीमा कोषमा १९ करोड ८३ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ २४ पैसा, प्रति शेयर नेटवर्थ १७१ रुपैयाँ ८२ पैसा र मुल्य आम्दानी अनुपात ३२.५१ गुणा बढी रहेको छ ।
यस अवधिमा कम्पनीले कम्पनीले पुर्नबीमावाट ११ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ भने पुर्नबीमा कमिशनमा १३ लाख ७३ हजार रुपैयाँ खर्च गरेको छ ।
चौथो त्रैमासको अन्त्यसम्म भुक्तानी हुन बाँकी दाबी वापतको व्यवस्था ३० करोड ५४ लाख रुपैयाँ रहेको छ ।
एक लाख दुई हजार २०४ वटा वीमालेख जारी गरेको यस कम्पनीले ८७ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यस अवधिमा कम्पनीले ७३ करोड ७५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले एक हजार ९८७ दाबी वापत ३९ करोड ६५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने एक हजार ८५८ दाबी वापत ८८ करोड पाँच लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।