नागरिक लगानी कोषको कायम मुकायम कार्यकारीमा सुशीलकुमार अर्याल

Aug 31, 2018 Merolagani

नागरिक लगानी कोष (CIT) को कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सुशीलकुमार अर्याललाई दिइएको छ । कोष सञ्चालक समितिको बुधबारको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो ।

नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोख्रेलले आफ्नो पदबाट राजिनामा दिएपछि अर्याललाई कायम मुकायम दिइएको हो ।

नेपाल व्यवस्थापन संघ (म्यान) को महासचिव भएर लामो समय काम गरेका अर्याल यसअघि कोषकै मुख्य व्यवस्थापक पदमा कार्यरत थिए ।

कोषमा उनी अनुभवी व्यक्तित्वका रुपमा परिचित छन् । अर्याल वाणिज्य शास्त्रमा स्नाकोत्तर तथा कानूनमा स्नातक हुन् ।

यसअघि सरकारले नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोख्रेललाई सन्तोषजनक कार्यसम्पादन नभएको भन्दै प्रष्टीकरण सोधेको थियो ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।