एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डले देखाए सुधारको संकेत

Aug 31, 2018 Merolagani

एनएमबि क्यापिटलले सञ्चालन गरेका दुई म्युचुअल फण्डहरुको प्रगतिमा गत असारको तुलनामा श्रावणमा सुधारको संकेत देखिएको छ । गत असारकोे तुलनामा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –१ को प्रति इकाई खुद मूल्य ११ पैसाले बढेको छ भने एनएमबि हाईब्रिड फण्ड एल –१ को स्थिर रहेको छ ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड– १

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड– १ (NMBSF1) को श्रावण मसान्तमा प्रति इकाई खुद मूल्य १३ रुपैयाँ २९ पैसा रहेको छ । जुन असारको तुलनामा ११ पैसा बढी हो । गत असार महिनामा फण्डको प्रति इकाई खुद मूल्य १३ रुपैयाँ १८ रुपैयाँ रहेको थियो ।

फण्डले ६१ वटा सूचीकृत कम्पनीहरुमा ४२ करोड २९ लाख ३६ हजार रुपैयाँ लगानी गरेको छ । गत असारसम्म कम्पनीले ६० कम्पनीका शेयरमा ४० करोड ९६ लाख ५० हजार रुपैयाँ लगानी गरेको थियो । एक महिनामा फण्डले शेयर बजारमा एक करोड ३३ लाख थप लगानी गरेको छ । शेयर बजारको कूल लगानीमध्ये १७ वटा वाणिज्य बैंकमा १५ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ ।

श्रवाण मसान्त सम्म फण्डले कुल ५६ करोड ८० लाख ८० हजार रुपैयाँ लगानी गरेको छ । फण्डले सूचिकृत कम्पनीहरुको शेयर, सरकारी ऋणपत्र, सार्वजनिक निष्काशन, हकप्रद र बोनस तथा स्थिर आय उपकरणमा उक्त रकम लगानी गरेको हो। त्यसैगरी, बैंक मौज्दातमा ४३ करोड ६ लाख रुपैयाँ बचत गरेको छ ।

 

एनएमबि हाईब्रिड फण्ड एल –१

एनएमबि हाईब्रिड फण्ड एल –१  (NMBHF1) को असारको तुलनामा श्रावणमा प्रति इकाई खुद मूल्य स्थिर रहेको छ । असारमा १० रुपैयाँ ३७ पैसामा रहेको फण्डको प्रति इकाई खुद मूल्य श्रावणमा पनि १० रुपैयाँ ३७ पैसा नै रहेको छ ।

श्रावण मसान्तसम्ममा कुल ८८ करोड ४३ हजार रुपैयाँ लगानी गरेको फण्डले सबै भन्दा धेरै स्थिर आय उपकरणमा ५४ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै ४० वटा सूचीकृत कम्पनीहरुमा २४ करोड ५९ लाख रुपैयाँ, ऋणपत्रमा ८ करोड ५० लाख रुपैयाँ, सार्वजनिक निष्काशन, हकप्रद, बोनस सेयरमा ९१ लाख ३४ हजार रुपैयाँ लगानी छ ।

सूचीकृत कम्पनी मध्ये पनि सबै भन्दा धेरै १३ वाणिज्य बैंकहरुमा ९ करोड ७१ लख रुपैयाँ लगानी रहेको छ । त्यसैगरी फण्डले बैंक मौज्दातमा १५ करोड ४० लाख रुपैयाँ बचत गरेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।